रौतहट - कटहरिया नगरपालिकामा लागेको ताला १० दिनपछि खुलेको छ। नगरप्रमुख अजयप्रकाश जैसवालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उपप्रमुखसहितको आन्दोलनरत पक्षले ताला खोलेको हो। जैसवालमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपप्रमुखको नेतृत्वमा अन्य जनप्रतिनिधिले तालाबन्दी गरेका थिए। जैसवालले आगामी १६ गते हुने नगरकार्यपालिका बोर्डको बैठकमार्फत् माग पूरा…