ललितपुरको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदै

काठमाण्डु-ललितपुरको ऐतिहासिक कात्तिक नाच बुधवारदेखि सुरु हुँदैछ । ३८३ वर्षदेखि निरन्तर चल्दै आएको कात्तिक नाच बुधवारदेखि सुरु हुन लागेको हो । यसवर्ष नाच १० दिन सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ । आउँदो कात्तिक ३० गतेसम्म मंगलबजारको कात्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको…