काठमाण्डु – इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्तिलाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ…