प्रधानमन्त्रीको कामना-सबैको जीवनमा उज्यालो छाओस्

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । भाइटीकाको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् । भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच…