पोखरा – गण्डकी प्रदेश सरकारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई नहटाउने सहमति भएको छ । आफूहरू सरकारमा सहभागी हुन मनाङे र देवकोटालाई हटाउनु पर्ने, मन्त्रालयको संख्या बढाउन नहुने अडानमा रहेको नेकपा एमाले आफ्ना दुवै मागमा लचिलो भएपछि सरकार विस्तार हुने तयारी भएको छ…