काठमाण्डु-इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुल २–२ गोलको बराबरी खेलेका छन् । आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्ने सम्भावना रहेकोमा खेल बराबरीमा सकिएपछि लिगको अङ्क तालिकामा म्यानचेस्टर सिटीको शीर्षस्थान कायमै रहेको छ । लिगको नवौं खेल सकिँदा लिभरपुल २२ अङ्कसहित दोस्रो र आर्सनल १८ अङ्कसहित तेस्रो स्थानमा…