नेपाल र भारतबीचको सेमिफाइनल खेल सुरु

काठमाण्डु– साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेमिफाइनल खेल सुरु भएको हो। टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गरेकी छिन् भने खेलमा सरु लिम्बुको ठाउँमा पुजा रानालाई परिवर्तन गरिएको छ। साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। सुरुवाती ११मा पुजा राना, बिमला विके, अमृता जैसी,…