गोरखनाथ गणका सैनिकले आफैंमाथि गोली प्रहार गर्दा मृत्यु

काठमाण्डु – नवलपुरको अमलटारीमा रहेको गोरखनाथ गणमा कार्यरत सैनिकले आफैंमाथि गोली प्रहार गर्दा मृत्यु भएको छ । धादिङको गल्छी घर भएका २२ वर्षीय सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नै घाँटीमा गोली प्रहार गरेर आत्महत्या गरेका छन् । अमलटारी सेक्टरमा दरबन्दी रहेका उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।