काठमाण्डु - वर्षा र बाढीपहिरोको कारण बिहीबार पनि देशका विभिन्न राजमार्गको ९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विभिन्न सडकका तीन स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला,…