भूकम्प पीडितले अझै पाएनन् त्रिपाल

जाजरकोट - गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतार हतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको…