खड्कालाई जिम्मेवारीबाट हटाएसँगै आरतीका बुवालाई वार्तामा आउन गृहकाे पत्राचार

काठमाण्डु- प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएसँगै खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह…