माझीटारमा भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

काठमाण्डु– काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएकाे हो ।