तुर्कीमिनिस्तानलाई हराउँदै नेपाल पुरुष भलिबलको फाइनलमा प्रवेश

काठमाण्डु – काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा शुक्रबार तुर्कीमिनिस्तानलाई ३–० सेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । श्रीलंकाको कोलम्बोमा भइरहेको खेलमा शुक्रबार नेपालले तुर्कीमिनिस्तानलाई २५–१४, २५–२१, २५–२० सेटले हराएको छ । नेपालले प्रतियोगितामा ५ मध्ये ३ खेल जित्दै कूल १० अंक जोडेर शीर्ष २ मा रहँदै फाइनलमा स्थान बनाएको नेपाली टीमका मुख्य प्रशिक्षक…