हेटौंडा – करेन्ट लागेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा २ बालिकाको मृत्यु भएको छ । चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएर किशोरीको मृत्यु भएको हो । पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी ९…