कांग्रेस–एमाले गठबन्धनको विश्लेषण गर्न समाजवादी मोर्चाले बनायो कार्यदल

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हटेपछि बसेको समाजवादी मोर्चाको बैठकले हालै बनेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई विश्लेषण गर्न कार्यदल बनाएको छ । मंगलबार बसेको बैठकले कार्यदललाई देशको पछिल्लो राजनीतिक स्थितिको विश्लेषण गर्ने जिम्मा दिएको छ । कार्यदलमा खड्गबहादुर विश्वकर्मा, देव गुरुङ, प्रमेश हमाल र गंगा नारायण श्रेष्ठ…