प्रधानसेनापति सिग्देलबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण

काठमाण्डु – नेपालीहरूको महान् पर्व बडादशैं २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा असोज २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् । निरीक्षण पश्चात् प्रधानसेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनीयर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा उनले विशेष फौज…