काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्ध शब्द प्रयोग गर्न सर्वोच्च अदालतले रोक लगाउनु लोकतन्त्रको उपहास भएको बताएका छन्। सामाजिक सन्जाल फेसबुकमा शर्माले लेखेका छन्, ‘प्रतिबन्ध त लोकतन्त्रको उपहास हो । जनयुद्ध तिमी प्रतिबन्धित भएछौ ।’ सर्वोच्च अदालतको पूर्ण इजलाशले विहीबार सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएको थियो । अधिवक्ता ज्ञानेन्द्रराज…