उपप्रधानमन्त्री सिंह इजिप्ट र युवामन्त्री चौधरी रसिया भ्रमणमा जाने

काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्ट र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रसियामा आयोजना हुने छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीद्वयको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले २०८१ कात्तिक १९ देखि २३ गतेसम्म…