काठमाण्डु - नेपाली कांग्रेसको गत साउन २३ गतेदेखि भदो १६ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधान संशोधनको लागि मस्यौँदा समिति गठन गर्ने निर्णय गर्दै समिति गठन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको थियो । केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा लेखिएको छ, ‘पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउनेलगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन…