चिकित्सक संघको घोषणाः आइतबार देशभर आकस्मिक बाहेकका सेवा पूर्ण बन्द

काठमाण्डु- नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूणर् सेवाहरू पूणर् रूपमा बन्द गर्ने घोषणा गरेको छ । संघले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो । गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका…