परराष्ट्र सचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

काठमाण्डु-परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शुक्रबार नयाँ दिल्लीमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन लम्साल दिल्ली गएकी हुन् । बिहीबार सुरू भएको दुई दिने कार्यक्रमका क्रममा लम्सालले भारतीय…