नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेश गर्न आह्वान गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर आईतबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् । संसद्मा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पदमुक्त भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले…