परशुरामकी अमृताको हत्या आरोपमा एक जना पक्राउ, काे हुन् पक्राउ परेका व्यक्ति ?

काठमाण्डु-  डडेल्धुराको परशुराम नगरपालिकाकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो। उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए…