बाढी-पहिरोले अवरुद्ध यी सडकमा चल्न थाले गाडी

काठमाडौं-वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकहरू क्रमिकरूपमा सञ्चालनमा आउन थालेको छ । मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडकमा गाडी सञ्चालन हुन थालेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक सोमबार बिहानबाट गाडी सञ्चालन हुन थालेका छन् । यस्तै…