काठमाण्डु – नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले आफैँले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी पत्रकारलाई जेल पठाउने फैसला गरेकोप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई समाचार लेखेकै कारण सर्वोच्च अदालतबाट जेल र जरिवानासहितको सजायमा आपत्ति जनाएका हुन् । ‘सर्वोच्च अदालतले…