काठमाण्डु-काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा हुन सक्ने सम्भावित अपराधका घटना रोक्न प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् । प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा…