गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा छिर्न मर्यादापालकले रोके

काठमाण्डु – गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न मर्यादापालकले रोकेका छन् । बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोकेका हुन् । सांसद देवकोटाले आफूलाई मर्यादापालकले प्रदेशसभाभित्र छिर्न नदिएको जानकारी दिए । ‘म बैठकमा सहभागी हुन आएको छु, मर्यादापालकले भित्र प्रवेश गर्न दिनुभएन। अहिले बाहिर बसिरहेको छु,’ देवकोटाले…