हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्न आवश्यक : गृहमन्त्री

काठमाण्डौं– गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार युएसएआइडीद्धारा राजधानीमा आयोजित “सिकाइ आदान–प्रदान कार्यशाला” मा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए। उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता…