बीपीको साहित्यलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्छ :अर्थमन्त्री महत

काठमाण्डु -  नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्। बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे। ‘थोरै साक्षरतादर भएको समयमा बीपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको…