कामु प्रधानसेनापति सिग्देल र इन्डियन नेशनल डिफेन्स कलेजकाे टाेलीबीच भेटवार्ता

काठमाण्डु–कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय नेशनल डिफेन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ सन्दीप सिंह सीन्धुबीच शिष्टाचार भेटघाट भएको छ । जङ्गी अड्डामा आज भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको थियो । जङ्गी अड्डाको भ्रमणको अवसरमा भारतीय नेशन डिफेन्स कलेजका शिक्षार्थीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराइएको थियो । भ्रमण दलले…