कैलालीमा ८ लाख ४० हजारका आइफोनसहित १ जना पक्राउ

अत्तरिया – प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट ८ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका आइफोनसहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् । चौधरीलाई सोमबार धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मशिनमा जाँचका क्रममा…