काठमाण्डु – गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृत्रिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्रीवितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमन सम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले भने, ‘कृत्रिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्रीवितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग गर्न सक्छौं । चाडपर्वको बेलामा दैनिक…