काठमाण्डु-आज अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस नेपालमा पनि मनाइँदै छ । बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवसमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१ देखि संयुक्त राष्ट्रसङ्घ र एम्नेस्टी इन्टरनेसनलको सक्रिय भूमिकामा हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवस मनाउने क्रमको सुरुआत…