काठमाण्डु -ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् । अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै भावुक बनेका…