सहिद रीतबहादुर खड्का सम्भावनायुक्त नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का सम्भावनायुक्त नेता भएको बताएका छन् । सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको पनि बताए । ‘रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो…