महिलाले क्लाइम्ब र गाइड गर्नु गर्वको कुरा हो : उपसभामुख राना

काठमाण्डु – उपसभामुख इन्दिरा राना मगरले महिला हिमाल चढ्नु सशक्तीकरणको प्रतिबिम्ब भएको बताएकी छन् । पर्वतारोही एवं सामाजिक अभियन्ता माया गुरूङले तयार पारेको डकुमेन्ट्री ‘गर्ल्स रिराइटिङ डेस्टिनी’को विशेष प्रदर्शनी समारोहमा बोल्दै उपसभामुख रानाले चुलोचौकोमा सीमित महिला हिमाल चढ्नु गर्वको कुरा भएको बताइन् । ‘महिलाले क्लाइम्ब गरेर, गाइड गरेर पुरूषलाई लान सक्छन् भन्ने प्रमाणित गरेका छन्…