काठमाण्डु–स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दोषी रहेको जसपा-नेपालले आरोप लगाएको छ । सोमबारबाट जनकपुरधाममा सुरू भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको अडान रहको टिप्पणी गरिएको छ । ‘कांग्रेस उत्पीडित जनताको…