काठमाण्डु-जलवायु परिवर्तनसँग जुध्न विकसित देशहरूले विकासोन्मुख देशहरूलाई वर्षेनि तीन सय विलियन अमेरिकी डलर अर्थात् चार सय पाँच खर्बभन्दा बढी नेपाली रुपैयाँ सहयोग गर्ने सहमत भएका छन् । अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देशहरूले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमति गरेका हुन् ।…