भ्रष्टाचारको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि सरकार ढालियो : प्रचण्ड

काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबाट जोगीन रातारात सरकार ढालेको आरोप लगाएका छन् । आइतबार झापामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भ्रष्टाचारको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि रातारात सरकार ढालेको बताएका हुन्। उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोप…