अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गर्दै नार्कका कर्मचारीले थाले आन्दाेलन

काठमाण्डु– नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा कार्यरत बैज्ञानिक कर्मचारीहरुले निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरुले निमित्त कार्यकारी निर्देशक बोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले परिषद अन्तर्गतका सबै कार्यालयहरुमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा समेत गरेका छन् । पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिंचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै…