काठमाण्डु – नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्तादेखि नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नेसम्मका कार्यक्रम तय भएका छन् । भारतीय सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणका लागि बुधबार काठमाण्डु पुगेका छन् । काठमाण्डु पुगेर उनले बुधबारै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटघाट गर्दैछन् । बुधबारै उनले शशि…