सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगरमा आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधि सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयनमा भइरहेको ढिलाइ र कामको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै निर्देशन दिए ।…