काठमाण्डु - सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार लामिछानेविरुद्ध परेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा गृहमन्त्री…