काठमाण्डु – नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।…