जेठ महिनाको अन्त्यसम्म पूर्वी नेपालबाट मनसुन भित्रिने पूर्वानुमान

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले यसपालि जेठ महिनाको अन्त्यसम्म पूर्वी नेपालबाट मनसुन भित्रिने पूर्वानुमान गरेको छ । यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जानकारी दिएको छ । शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ जारी गर्दै विभागले भनेको छ, ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन…