काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा पर्सि आईतबारसम्म ‘लू’ चल्ने चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ । महाशाखाले पश्चिम तराईका जिल्लाहरूमा आईतबारसम्म तातो हावा…