पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

ललितपुर – कान्ति लोकपथमा आजदेखि पूर्णरुपमा यातायात सेवा सञ्चालनमा आएको छ । २०८० चैत १ गतेदेखि र्मतसम्भार सुरु गरिएको मार्गमा गत वैशाख २१ गतेदेखि सेवा बन्द गरिएको थियो । कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ…