काठमाण्डु -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले विशेष अदालतमा नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा मुद्दा दायर गरेको हो । फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि अख्तियारले सोमबार ५ थान मुद्दा दायर गरेको विशेष…