लिङ्देनले संसदमा अर्थमन्त्री पुन खोजेपछि बैठक स्थगित

काठमाण्डु –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री वर्षमान पुन उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ । बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री पुनलाई नदेखेको भन्दै खोजी गरे । उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको र सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको…