आफूलाई भेटेर दुई करोडको चेक दिने रामशरण केसीलाई नचिन्ने बेचन झाको बयान

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले आफ्नो नाममा हिमालयन बैंकको दुई करोडको चेक वानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि भेटेर दिने रामशरण केसीलाई नचिनेको बयान दिएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा बयान दिँदै झाले केसीलाई नचिन्ने बयान दिएका हुन्…